बारा-२ मा उपेन्द्र यादव तीन हजार बढी मतान्तरले अगाडि

हिमाल प्रेस १२ वैशाख २०८० ७:२१ | Tuesday, April 25, 2023
बारा-२ मा उपेन्द्र यादव तीन हजार बढी मतान्तरले अगाडि

काठमाडौँ- बारा-२ मा जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष उपेन्द्र यादवले अग्रता बढाएका छन्।

मंगलबार बिहानसम्ममा उनले जनमत पार्टीका शिवचन्द्र कुशवाहलाई तीन हजार बढी मतान्तरले पछि पारेका छन्।

यादवले नौ हजार ८७० मत प्राप्त गरेका छन् भने कुशवाहाले ६ हजार ७७१ मत पाएका छन्। दुई उम्मेदवारबीच ३ हजार ९९ मतान्तर छ।

नेकपा एमालेका पुरुषोत्तम पौडेलले तीन हजार ७०० मत ल्याएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल एक हजार १७४ मतसहित चौथो स्थानमा छन्।

प्रकाशित: १२ वैशाख २०८० ७:२१ | Tuesday, April 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast