जनकपुरधाम- बारा-२ को उपनिर्वाचनअन्तर्गत जारी मतदानको क्रममा एक जनालाई प्रहरीले दुई मतपत्रसहित नियन्त्रणमा लिएको छ।
बाराको देवताल गाउँपालिका–७ स्थित वडा कार्यालय पिपरवती जब्दी मतदान केन्द्रबाट प्रहरीले रामसागर यादवलाई मतपत्रसहित पक्राउ गरेको हो।
घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए।
पक्राउ परेका यादव जसपाको जिल्ला समन्वय समिति सदस्य रहेको जनमत पार्टीका कार्यकर्ताहरूको दाबी छ।
                            प्रकाशित: १० वैशाख  २०८० १२:०१ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 