बारा २ : एक व्यक्तिको साथमा दुई मतपत्र भेटिएपछि…

हिमाल प्रेस १० वैशाख २०८० १२:०१ | Sunday, April 23, 2023
बारा २ : एक व्यक्तिको साथमा दुई मतपत्र भेटिएपछि… प्रतिनिधिमूलक तस्बिर

जनकपुरधाम- बारा-२ को उपनिर्वाचनअन्तर्गत जारी मतदानको क्रममा एक जनालाई प्रहरीले दुई मतपत्रसहित नियन्त्रणमा लिएको छ।

बाराको देवताल गाउँपालिका–७ स्थित वडा कार्यालय पिपरवती जब्दी मतदान केन्द्रबाट प्रहरीले रामसागर यादवलाई मतपत्रसहित पक्राउ गरेको हो।

घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए।

पक्राउ परेका यादव जसपाको जिल्ला समन्वय समिति सदस्य रहेको जनमत पार्टीका कार्यकर्ताहरूको दाबी छ।

 

प्रकाशित: १० वैशाख २०८० १२:०१ | Sunday, April 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast