बारामा छडले घोचिँदा एक सैनिकको मृत्यु

हिमाल प्रेस १५ वैशाख २०८० १२:०० | Friday, April 28, 2023
बारामा छडले घोचिँदा एक सैनिकको मृत्यु प्रतिनिधिमूलक तस्बिर

बारा- बाराका सिसहनियामा ट्र्याक्टरमा लोड गरेको फलामको छडले घोचिँदा नेपाली सेनाका एक जवानको मृत्यु भएको छ।

मृत्यु हुनेमा नेपाली सेनाको कसरा ब्यारेक नवलपरासीमा कार्यरत जवान राजकुमार राम रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

बा ८० प ८२८० नम्बरको मोटरसाइलमा सवार मृतक वीरगञ्जबाट कलैया जाने क्रममा कलैया उपमहानगरपा-२४, सिसहनियामा ना ५ त ४०२१ नम्बरको ट्र्याक्टरमा रहेको फलामको रडले घोच्दा घटनास्थलमा मृत्यु भएको प्रवक्ता पाण्डेयले जानकारी दिए।

ट्र्याक्टर चालक रौतहट जिल्ला देवाही गोनाही नगरपालिका-५ टिकुलिया निवासी ३२ वर्षीया रमेश तिवारीलाई पक्राउ गरी घटनाबारे अनुसन्धान गरिएको प्रहरी उपरीक्षक होमिन्द्र बोगटीले जानकारी दिए। मृतक राम कलैया उपमहानगरपालिका-१६ मझैलिया निवासी हुन्।

प्रकाशित: १५ वैशाख २०८० १२:०० | Friday, April 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast