‘बाटो : रोड टु डेथ’ को ट्रेलर सार्वजनिक (भिडियोसहित)

हिमाल प्रेस १६ वैशाख २०८० ८:३६ | Saturday, April 29, 2023
‘बाटो : रोड टु डेथ’ को ट्रेलर सार्वजनिक (भिडियोसहित)

काठमाडौँ- फिल्म ‘बाटोः रोड टु डेथ’को ट्रेलर सार्वजनिक भएको छ।

फिल्म निर्माण पक्षले शुक्रबार ओएसआर डिजिटल युट्युब च्यानलबाट फिल्मको ट्रेलर सार्वजनिक गरेका हुन्। रोड थ्रिलर जनरामा बनेको फिल्म मदन थापाको लेखन, सम्पादन र निर्देशनमा बनेको छ।

फिल्ममा कलाकार मिथिला शर्मा, आशान्त शर्मा, पशुपति राई, उप्पल झा, रक्षा थापा, सुलक्षण भारती, विजय आनन्द ताम्राकार, राजेन थापा, आभाष अधिकारी, गणेश उपाध्याय, किरण शाहीको अभिनय छ।

काठमाडौँ फिल्म्स्को ब्यानरमा बनेको भएको फिल्मका निर्माता चन्दन झा हुन्।

फिल्म शरण ऋषिको छायांकनमा निर्माण भएको छ।

 

प्रकाशित: १६ वैशाख २०८० ८:३६ | Saturday, April 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast