बलियो राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने आवश्यकता देखियो : ईश्वर पोखरेल

हिमाल प्रेस १३ वैशाख २०८० ११:१८ | Wednesday, April 26, 2023
बलियो राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने आवश्यकता देखियो : ईश्वर पोखरेल

काठमाडौँ- नेकपा एमालेको वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने आवश्वता रहेको बताए।

मनमोहन अधिकारीको २४ औं स्मृति दिवसको अवसरमा ललितपुरमा आयोजति कार्यक्रमलाई सम्बोधन गर्दै उनले बलियो राष्ट्रिय शक्ति निर्माण गर्न आवश्यक रहेको बताए।

उनले राष्ट्रिय शक्ति निर्माण गर्दा मनमोहन अधिकारीका विचार र कामबाट अभिप्रेरित भएर अघि बढ्नुपर्ने बताए। उनले राष्ट्रिय शक्ति निर्माण गर्दा राष्ट्रको स्वार्थलाई सर्वोपरी राखेर अघि बढ्नुपर्ने आवश्यता रहेको पनि बताए।

उनले वर्तमान राष्ट्रिय राजनीतिमा दुई केन्द्र देखापरेको बताए। राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता र देश बनाउने नेतृत्व नेकपा एमालेले गरिरहेको बताए।

उनले वर्तमान गठबन्धन सिद्धान्तविहीन,उद्देश्यविहीन र लोकतन्त्रको मूल्य मान्यताविपरीत रहेको बताए।

प्रकाशित: १३ वैशाख २०८० ११:१८ | Wednesday, April 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast