बलियो बन्दै थ्रीस्टार, फेरि रोकियो सातदोबाटो

हिमाल प्रेस १० वैशाख २०८० २१:४८ | Sunday, April 23, 2023
बलियो बन्दै थ्रीस्टार, फेरि रोकियो सातदोबाटो

काठमाडौँ- संकटा क्लबमाथि ३-० को जित दर्ता गर्दै थ्रीस्टार क्लब सहिद स्मारक ए डिभिजन लिगको दोस्रो स्थानमा उक्लिएको छ। दशरथ रंगशालामा आइतबार साँझ थ्रीस्टारलाई जित दिलाउन मार्टिन्स कायोडे अजायीले दुई र सन्तोष साहुखलले एक गोल गरे।

लिगमा थ्रीस्टारका लागि यो छैटौँ जित हो। थ्रीस्टारले अब आफ्नो अपराजित यात्रा छैटौँ खेलसम्म पुर्‍ याएको छ। पाँचौँ चरणमा जावलाखेल युथ क्लबसँग हारेपछि थ्रीस्टारले पराजय भोगेको छैन। यो जितपछि थ्रीस्टारको ११ खेलबाट २१ अंक भएको छ। जुन शीर्षस्थानको जावलाखेलभन्दा दुई अंकले कम हो।

उता संकटाले लगातार दोस्रो तथा समग्रमा चौथो हार व्यहोरेको हो। च्याम्पियन बन्ने उद्देश्यका साथ लिगमा होमिएको संकटा आठौँ स्थानमा झरेको छ। संकटाले ११ खेलबाट १५ अंक बटुलेको छ, जुन सातौँ स्थानको मनाङ मस्र्याङ्दीसँग समान हो।

थ्रीस्टारले पहिलो हाफको ४२ औँ मिनेटमा गोलको खाता खोलेको थियो। मार्टिन्सले १८ यार्ड बक्सबाहिर दायाँ भागबाट गरको ‘चिप’ गोलमा परिणत भएको थियो। दोस्रो गोल उनले दोस्रो हाफ सुरु हुनसाथ गरे। पिटर सेगुनले आफ्नै क्षेत्रबाट प्रहार गरेको लामो फ्रिकिकलाई लाकेन लिम्बुले हेड गरेका थिए। लाकेनको हेडर पासलाई संकटाको पेनाल्टी बक्सभित्र रहेका मार्टिन्सले हेड गर्दै जाली चुमाए।

यो सिजन मार्टिन्सले गरेको गोल संख्या सात पुगेको छ। उनीभन्दा जावलाखेलका एन्काटो मासोअबी (नौ) र सातदोबाटो युथ क्लबका दीपकराजसिंह ठकुरी (आठ) ले मात्र बढी गोल गरेका छन्।

मार्टिन्ससँग ह्याट्रिक गर्ने अवसर थियो। तर ४९ औँ मिनेटमा पेनाल्टी खेर फालेपछि उनी त्यो अवसरबाट वञ्चित भए। आदित्य शाक्यले गरेको प्रहार संकटाका कप्तान कुलदीप कार्कीको हातमा लागेपछि थ्रीस्टारलाई पेनाल्टी दिइएको थियो। भरपर्दा स्ट्राइकर मानिने मार्टिन्सले पोस्टको दायाँपट्टी गरेको प्रहार बाहिरिएको थियो।

थ्रीस्टारको तेस्रो गोल दोस्रो हाफमा मैदान प्रवेश गरेका दुई खेलाडीको सहकार्यमा सम्भव भयो। अनिष महर्जनलले लेफ्ट विंगबाट अघि बढाएको बल पेनाल्टी बक्सभित्र प्रवेश गर्दै गरेका सन्तोष साहुखललाई दिएका थिए। अनिषको पास रोक्न संकटाका गोलरक्षक विष्णु कुमार केसी आफ्नो क्षेत्रभन्दा बाहिर आइसकेकाले सन्तोषले खाली पोस्टमा गोल गरे।

जुन स्थान पनि स्वीकार्य गछौँ
लिग सुरु हुँदै गर्दा थ्रीस्टारलाई लिग दाबेदार मानिएको थिएन। न त थ्रीस्टार आफैँले लिग जित्ने लक्ष्य रहेको बताएको थियो। तर प्रतिद्वन्द्वी तथा उपाधि दाबेदार मानिएका क्लबहरूको प्रदर्शनमा ह्रास आउँदा थ्रीस्टार भने मजबुत बन्दै गएको छ।

यद्यपि थ्रीस्टारका मुख्य प्रशिक्षक मेघराज केसी आफ्नो टिमलाई उपाधि दाबेदार मान्न अझै तयार छैनन्। ‘लिगको सुरुवातमै मैले भनेको थिए, १४ स्थानमध्ये जुन स्थान प्राप्त गरे पनि स्वीकार्य हुन्छ भनेर। अहिले पनि म त्यही भन्छु। तर यसो भनिरहँदा हामी मेहनत भने गरिरहन्छौँ। प्रत्येक खेलमा मेहनत गर्ने बाहेकको अर्को विकल्प छैन,’ मेघराजले भने।

मेघराजले संकटाबाट खोसेको तीन अंक महत्त्वपूर्ण रहेको पनि बताए। ‘पहिलो हाफमा संकटो प्रदर्शन राम्रो थियो। तर गोल हामीले गर्‍ यौँ। दोस्रो हाफ सुरु हुनसाथ गोल गरेपछि खेलमा हामी हाबी भयौँ,’ मेघराजले भने, ‘दोस्रो हाफमा संकटा अलिक अगाडि बढेर खेल्यो जसकारण हामीलाई आक्रमण बुन्न झन् सजिलो भयो। हामीले कम्तीमा सातवटा अवसर सिर्जना गरेका थियौँ। तर गोल भने थप्न सकेनौँ। यद्यपि आखिरमा प्राप्त गरेको तीन अंक महत्त्वपूर्ण छ।’

उपाधि लक्ष्यमा धक्का पुग्यो
थ्रीस्टारसँगको हारपछि संकटाका मुख्य प्रशिक्षक सल्यान खड्गीले आफ्नो टिमको उपाधि जित्ने सम्भावना कम हुँदै गएको प्रतिक्रिया दिए। ‘हाम्रो लक्ष्य च्याम्पियन बन्ने थियो। तर अब यो लक्ष्य कठिन हुँदै गएको छ। हामी दोस्रो वा तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने परिस्थितिमा आइपुगेका छौँ। यद्यपि दोस्रो वा तेस्रो हुन पनि सजिलो छैन,’ सल्यानले भने।

पूरा खेल आफ्नो टिमले नियन्त्रणमा राखे पनि दुर्भाग्यवश गोल खाँदा आफ्नो टिमले हार व्यहोर्नु परेको सल्यानको जिकिर थियो। ‘९० मिनेटभरी नै हामी बलियो थियौँ। थ्रीस्टारले काउन्टर अट्याकको रणनीति अपनायो। त्यसमाथि हामीले खानै नपर्ने गोल खायौँ। दुर्भाग्य नै भनौँ, थ्रीस्टारका खेलाडीले क्रस गरेको बलसमेत पोस्टमा छिर्‍ यो। पहिलो गोलले नै खेल परिवर्तन गर्‍ यो,’ सल्यानले भने।

रोकियो सातदोबाटो

आठौँ चरण सकिँदा शीर्षस्थान ओगटेको सातदोबाटो युथ क्लबले खराब लय जारी राखेको छ। आठ खेल खेल्दा सातदोबाटोले पाँच खेल जितेको थियो भने दुई खेलमा हार भोगेको थियो। अनि एक खेलमा बराबरीमा रोकिएको थियो। त्यसपछिका तीन खेलमा सातदोबाटो जित दर्ता गर्न सकेको छैन।

आइतबार च्यासल रंगशालामा सातदोबाटोलाई रेलिगेसन क्षेत्रको हिमालयन शेर्पा क्लबले २-२ को बराबरीमा रोक्यो। च्यसालमा यसअघि तीन खेल खेल्दा तीनमै जित हात पारेको सातदोबाटोलाई रोक्न हिमालयन शेर्पाका शुसिल राईले ८९ औँ मिनेटमा बराबरी गोल गरेका थिए।

यो सिजन बलियो लयमा रहेका दीपकराजसिंह ठकुरीले पहिलो मिनेटमै सातदोबाटोका लागि गोल गरेका थिए। त्यसको १० मिनेटपछि उनैले दोस्रो गोल गरेपछि सातदोबाटो खेलमा मजबुत ढंगमा असघ बढेको थियो।

तर दोस्रो हाफको ७३ औँ मिनेटमा निसान लिम्बुले गोल गर्दै हिमालयन शेर्पाको आशा जगाए। हिमालयनले निर्धारित समय सकिनै लाग्दा गोल थप्यो र हार टार्‍ यो।

यो बराबरीपछि सातदोबाटो ११ खेलबाट १८ अंक बटुलेर चौथो स्थानमा छ। सातदोबाटो र तेस्रो स्थानको चर्च ब्वाइज युनाइटेडको अंक बराबर छ। हिमालयन शेर्पा भने १३ औँ स्थानमा यथावत् छ। हिमालयन शेर्पाको १० अंक छ। जुन १२ औँ स्थानको फ्रेन्ड्स क्लबको भन्दा एक अंक कम हो। पुछारको नेपाल पुलिस क्लबको भने

प्रकाशित: १० वैशाख २०८० २१:४८ | Sunday, April 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast