 
                             
                                            काठमाडौँ– नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईका नेपाल प्रमुख र विमानस्थल म्यानेजरको एयरपोर्ट पास निष्क्रिय बनाएको छ। काठमाडौँबाट दुबईका लागि उडेको फ्लाइट नम्बर एफडीजेड ५७६ को विमानमा चरा ठोक्किएको भ्रमपूर्ण सूचना फैलाएको भन्दै प्राधिकरणले उनीहरुको एयरपोर्ट पास निष्क्रिय बनाएको हो।
सोमबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेलगत्तै फ्लाई दुबईको जहाजबाट ठूलो आवाज आएको थियो।
क्यानलगायत नेपाली निकायले विमानको इन्जिनमा खराबी आएकाले आवाज आएको प्रतिक्रिया दिएका थिए। फ्लाई दुबईका प्रवक्ताले भने विमानमा चरा ठोक्किएको सूचना दिएका थिए।
उक्त विमान काठमाडौँको आकाशमा तीन फन्को लगाएर दुबई गएको थियो।
                            प्रकाशित: १२ वैशाख  २०८० १५:१६ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 