फिल्ली क्याफे अब काठमाडौँमा

हिमाल प्रेस ३ वैशाख २०८० ११:४६ | Sunday, April 16, 2023
फिल्ली क्याफे अब काठमाडौँमा

काठमाडौँ- फिल्ली क्याफेले काठमाडौँमा नयाँ आउटलेट स्थापना गरेको छ। एनडी थर्टी नाइन बिजनेस ग्रुप प्रालिसँग सहकार्य गर्दै कम्पनीले लाजिम्पाटमा ‘फिल्ली क्याफे नेपाल’ सुरु गरेको हो।

कम्पनीले पाँच वर्षभित्र नेपालमा २५ वटा नयाँ आउटलेट खोल्ने तयारी गरेको जनाएको छ। फिल्ली क्याफे यूएई, ओमान, कतार, संयुक्त राज्य अमेरिका, बेलायत, भारत, मौरिससलगायत देशमा छ।

फिल्ली क्याफेले चिया अर्गानिक रूपमा उत्पादन गरेर ग्राहकलाई उपलब्ध गराउँछ। फिल्लीमा स्टारबक्स वा कोस्टा कफीजस्ता अन्तर्राष्ट्रिय ब्रान्ड पनि हुनेछन्।

प्रकाशित: ३ वैशाख २०८० ११:४६ | Sunday, April 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast