फिल्मफेयरमा सर्वाधिक अवार्ड ‘गंगुबाई काठियावाडी’को पोल्टामा

हिमाल प्रेस १५ वैशाख २०८० १३:३८ | Friday, April 28, 2023
फिल्मफेयरमा सर्वाधिक अवार्ड ‘गंगुबाई काठियावाडी’को पोल्टामा

काठमाडौँ- भारतीय मनोरञ्जन क्षेत्रको प्रतिष्ठित अवार्ड ‘फिल्मफेयर’मा अभिनेत्री आलिया भट्टले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन्। उनले फिल्म ‘गंगुबाई काठियावाडी’का लागि सो अवार्ड जितेकी हुन्।

यसै फिल्मका लागि सञ्जयलीला भन्सालीले उत्कृष्ट निर्देशकका अवार्ड जिते। त्यस्तै उत्कृष्ट छायांकन, उत्कृष्ट संवाद, उत्कृष्ट नृत्य निर्देशकलगायत १० विधामा ‘गंगुबाई काठियावाडी’ले अवार्ड हात पारेको छ।

अवार्ड समारोहमा अभिनेता राजकुमार राव उत्कृष्ट अभिनेता भए। उनले फिल्म ‘बधाई दो’का लागि अवार्ड जितेका हुन्। ‘बधाई दो’ पनि छ विधामा अवार्ड जित्यो।

उत्कृष्ट गायकको अवार्ड अरिजित सिंहले जिते। उनले फिल्म ‘ब्रह्मास्त्र’को गीत ‘केसरिया’का लागि अवार्ड हात पारेका हुन्। फिल्म ‘ब्रह्मास्त्र’ले भीएफएक्सको अवार्ड पनि पायो।

अप्रिल २७ मा भएको ६८ औँ फिल्मफेयरमा सलमान खानले होस्ट गरेका थिए। उनलाई आयुष्मान खुराना र मनीष पोलले साथ दिएका थिए। विक्की कौशल, टाइगर श्रोफ, जाह्नवी कपुर, गोविन्दालगायत कलाकारले प्रस्तुति दिएका थिए।

प्रकाशित: १५ वैशाख २०८० १३:३८ | Friday, April 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast