संसदीय समिति गठनमा ओली र प्रचण्डबीच जुटेन सहमति

हिमाल प्रेस ८ वैशाख २०८० १३:१७ | Friday, April 21, 2023
संसदीय समिति गठनमा ओली र प्रचण्डबीच जुटेन सहमति फाइल तस्बिर

काठमाडौँ– संसदीय समिति गठनका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफल बिना निष्कर्ष टुंगिएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रवार बिहान प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भएको भेटवार्ता बिना निष्कर्ष टुंगिएको बैठकपछि एमाले प्रमुख सचेतक पदम गिरीले जानकारी दिए।

उनले भने, ‘दुई नेताबीच छिटोभन्दा छिटो कसरी समिति निर्माण गरेर काम अगाडि बढाउने भन्ने विषयमा छलफल भयो। छलफल सघन ढंगले नै भयो तर पनि निष्कर्ष केही निस्किएको छैन।’ उनका अनुसार संसदीय समितिलाई छिटोभन्दा छिटो गठन गर्ने विषयमा दुई नेताहरूका बीचमा कुराकानी भएको छ।

एमाले अध्यक्ष ओलीले भने समसामयिक विषयमा कुराकानी भएको बताए। उनले सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘अहिलेसम्म त्यस्तैत्यस्तै छ। विभिन्न समसामयिक विषयमा कुराकानी भयो।’

अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालसँगको भेटपछि एमाले संसदीय दलको कार्यालयमा दलका उपनेता सुवासचन्द्र नेम्वाङ र प्रमुख सचेतक पदम गिरी लगायतका नेताहरूसँग पनि छलफल गरेका थिए।

मिनी संसद्‌ निर्माणमा कांग्रेस-एमालेको अवरोध

प्रकाशित: ८ वैशाख २०८० १३:१७ | Friday, April 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast