प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषद् बैठक सिंहदरबारमा जारी

हिमाल प्रेस ६ वैशाख २०८० ९:२८ | Wednesday, April 19, 2023
प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषद् बैठक सिंहदरबारमा जारी फाइल तस्बिर।

काठमाडौँ- सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्तिबारे निर्णय गर्न अहिले संवैधानिक परिषद्को बैठक सिंहदरबारमा बसिरहेको छ।

परिषद्का अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बैठक भइरहेको हो। सर्वोच्च अदालत १४ महिनादेखि नेतृत्वविहीन छ अर्थात् कायममुकायम प्रधानन्यायाधीशको भरमा छ।

महाअभियोग लागेर तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पदबाट हटेपछि सर्वोच्चमा हरिकृष्ण कार्की कामु प्रधानन्यायाधीश छन्।

बैठकमा परिषद् अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली, उपसभामुख इन्दिराराना मगर र कानुनमन्त्री पूर्णबहादुर खड्काको उपस्थित छ।

संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशको नियुक्तिको निर्णय गर्ने सम्भावना रहेको बताइएको छ।

प्रकाशित: ६ वैशाख २०८० ९:२८ | Wednesday, April 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast