राष्ट्रिय कविता महोत्सवका लागि कविता पठाउन आह्वान

हिमाल प्रेस १४ वैशाख २०८० १५:१६ | Thursday, April 27, 2023
राष्ट्रिय कविता महोत्सवका लागि कविता पठाउन आह्वान

काठमाडौँ– नेपाल प्रज्ञा-प्रतिष्ठानले राष्ट्रिय कविता महोत्सव गर्ने भएको छ। असार ९ गते प्रतिष्ठानको ६६ औं वार्षिकोत्सवको अवसरमा राष्ट्रिय कविता महोत्सव गर्न लागेको हो।

प्रतिष्ठानले सूचना सार्वजनिक गर्दै महोत्सवका लागि कविता पठाउन आह्वान गरेको छ।

कविहरूले जेठ २० गतेभित्र प्रतिष्ठानमा उपस्थित भई वा इमेलमार्फत कविता पठाउन सक्ने प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानका अनुसार नेपालका सबै भाषा र मातृभाषामा लेखिएको कविता स्वीकार्य हुने छ। प्रतिष्ठानलाई प्राप्त कवितामध्ये उत्कृष्ट १० कविता वाचनका लागि छनोट गरिनेछ।

छानिएका १० कवितालाई १५ हजार रुपैयाँ नगद राशिसहित कदर-पत्रले सम्मान प्रष्ठिानले जनाएको छ।

प्रकाशित: १४ वैशाख २०८० १५:१६ | Thursday, April 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast