 पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी। फाइल तस्बिर।
                             पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी। फाइल तस्बिर। 
                                            काठमाडौँ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भारतको नयाँदिल्लीमा उपचारत राष्ट्रपति रामचन्द्र पौडेलको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन्।
पूर्वराष्ट्रपति भण्डारीले राष्ट्रपति पौडेलका पुत्र चिन्तन पौडेलसँग शुक्रबार टेलिफोन संवाद गरी उनको स्वास्थ्यअवस्थाबारे जानकारी लिँदै स्वास्थ्यलाभको कामना गरेको प्रेस संयोजक सोम राईले जानकारी दिए।
राष्ट्रपति पौडेल उपचारका लागि बुधबार भारत गएका हुन्।
उनको स्वास्थ्य परीक्षण तथा उपचार नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा बुधबारदेखि भइरहेको छ। उपचारमा संलग्न चिकित्सकहरूका अनुसार राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको छ।
                            प्रकाशित: ८ वैशाख  २०८० २१:४१ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 