पाल्पा बस दुर्घटना : एक जनाको मृत्यु, ३८ घाइते

हिमाल प्रेस १० वैशाख २०८० १२:४५ | Sunday, April 23, 2023
पाल्पा बस दुर्घटना : एक जनाको मृत्यु, ३८ घाइते तस्बिर स्रोतः फेसबुक।

पाल्पा- बुटवलदेखि बागलुङको बुर्तिबाङ जाँदै गरेको यात्रुवाहक बस आइतबार पाल्पामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। लु१ख ५९५६ नम्बरको बस पाल्पाको तिनाउ गाउँपालिका-५, जोरधारा नजिकै बिहान ९ बजे दुर्घटनामा परेको हो।

दुर्घटनामा ३८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक हेमेन्द्र शर्माले जानकारी दिए। मृत्यु हुनेको पहिचान नखुलेको शर्माको भनाइ छ।

घाइते सबैलाई लुम्बिनी मेडिकल कलेजमा पठाइएको शर्माले जानकारी दिए। घाइते अधिकांशको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। बस भीरमा अड्किएको छ।

प्रकाशित: १० वैशाख २०८० १२:४५ | Sunday, April 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast