पाँचथरमा चट्याङ लागेर ५४ भेडा मरे

हिमाल प्रेस १७ वैशाख २०८० ६:१५ | Sunday, April 30, 2023
पाँचथरमा चट्याङ लागेर ५४ भेडा मरे

पाँचथर- पाँचथरमा चट्याङ लागेर एकै गोठका ५४ वटा भेडा मरेका छन्। फालेलुङ गाउँपालिका-३ देउरालीमा बान्टेको रुखमुनि ओत लागेर बसेका भेडालाई चट्याङले लागेको थियो ।

चट्याङ लागेर स्थानीयवासी प्रकाश राई, शुक्रबहादुर राई, सुरेन्द्र आङ्बो र टेकबहादुर गुरुङले संयुक्त रूपमा पाल्दै आएका ५४ वटा भेडा मृत फेला परेको तथा १२ वटा घाइते फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। मरेका अधिकांश माउ भेडा छन्। चट्याङ लागेर भेडाको रेखदेख गर्दै आएका याङवरक गाउँपालिका-३ घर भएका ५५ वर्षीय प्रेम राई घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायव उपरीक्षक हरि खतिवडाका अनुसार बाहिरी चोट नदेखिए पनि राईको शरीरको दायाँ पाटो नचलेका कारण स्थानीय स्वास्थ्यचौकीमा उपचार थालिएको छ। उक्त गोठमा एक सय ३० भन्दा बढी भेडा थिए। भेडा मरेपछि क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ। -रासस

प्रकाशित: १७ वैशाख २०८० ६:१५ | Sunday, April 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast