पहाडी भूभागमा वर्षाको सम्भावना

हिमाल प्रेस ८ वैशाख २०८० ६:५० | Friday, April 21, 2023
पहाडी भूभागमा वर्षाको सम्भावना फाइल तस्बिर। हिमाल प्रेस

काठमाडौँ- देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका साथै देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत अन्य पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा देशका बाँकी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ। तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ।

राति देशका पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको छ।

तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना छ।

प्रकाशित: ८ वैशाख २०८० ६:५० | Friday, April 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast