पहाडी भूभागमा पानी पर्ने सम्भावना

हिमाल प्रेस १६ वैशाख २०८० ६:५४ | Saturday, April 29, 2023
पहाडी भूभागमा पानी पर्ने सम्भावना

काठमाडौँ- पहाडमा आज पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। केही स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। बाँकी भूभागको मौसम सामान्यतः सफा नै रहनेछ।

आज शनिबार राति गण्डकी र सदूरपश्चिम प्रदेशका पहाडी भूभागमा चट्याङसहित पानी पर्ने पूर्वानुमान छ। यी प्रदेशका एक/दुई स्थानमा आकाश गड्गडाउँदै केहीबेर वर्षा हुन सक्छ।

देशका पहाडी भूभागका कतिपय स्थानमा चट्याङसहित हल्का, क्षणिक वर्षाको सम्भावना रहेकाले सम्भावित जोखिमबाट जोगिन आवश्यक शतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ।

प्रकाशित: १६ वैशाख २०८० ६:५४ | Saturday, April 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast