पहाडी पालिकामा हाटबजार सुरु

हिमाल प्रेस २ वैशाख २०८० १०:१७ | Saturday, April 15, 2023
पहाडी पालिकामा हाटबजार सुरु

उदयपुर- उदयपुरको पहाडी भेगमा रहेको दुई स्थानमा हाटबजार सुरु गरिएको छ। नयाँ वर्षको अवसर पारेर जिल्लाको लिम्चुङबुङ र रौतामाई गाउँपालिकाले हाटबजार सुरु गरेका हुन्।

लिम्चुङबुङको केन्द्र बाराहाको कटुवाल भञ्ज्याङस्थित राइचोकमा शुक्रबारदेखि पाँच दिने हाटबजार सुरु गरिएको गाउँपालिकाका अध्यक्ष मेजर कुमार राईले बताए। ‘गाउँपालिकालाई समृद्ध बनाउन स्थानीय कृषकले उत्पादन गरेको उत्पादनलाई बजारीकरण गर्न हाटबजारको आयोजना गरेका हौँ’, अध्यक्ष राईले भने, ‘यहाँको अर्गानिक उत्पादन जिल्ला सदरमुकाम गाईघाटसम्म माग बढ्दो छ।’

हाटबजारमा आलु, काउली, केरा, खुर्सानी, सागलगायतका उत्पादनको किनबेच भइरहेको हाटबजार व्यवस्थापन समितिका संयोजक कर्णशेर राईले बताए।

त्यसैगरी अर्को पहाडी भूभागमा पर्ने माझ खर्कमा पनि शुक्रबारदेखि हाटबजार सुरु भएको छ।
रौतामाई गाउँपालिका–१ मा पर्ने माझ खर्कमा द्वन्द्वकालपछि पहिलो पटक नयाँ वर्षको अवसर पारेर हाटबजार लगाउन सुरु गरिएको हो।

जिल्लाको पहाडी भूभागको मध्यभागमा पर्ने माझ खर्कमा द्वन्द्व सुरुभएपछि त्यहाँको हाटबजार बन्द भएको थियो। शुक्रबारदेखि हरेक महिनाको १ र १५ गते नियमित हाटबजार लाग्ने गाउँपालिकाका अध्यक्ष वीरेन्द्र मगरले बताए।

प्रकाशित: २ वैशाख २०८० १०:१७ | Saturday, April 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast