पशुपतिनाथ मन्दिरको भेटी संकलन गर्ने घ्याम्पो कहाँ हरायो?

हिमाल प्रेस २८ चैत २०७९ २०:१६ | Tuesday, April 11, 2023
पशुपतिनाथ मन्दिरको भेटी संकलन गर्ने घ्याम्पो कहाँ हरायो? फाइल तस्बिर- हिमाल प्रेस

काठमाडौँ- पशुपतिनाथ मन्दिरबाट भेटी संकलन गर्ने घ्याम्पो हराएको छ। घ्याम्पो हराएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले मन्दिर परिसरबाट भेटिघाटी संकलन हुने घ्याम्पो हराएपछि छानबिन समिति गठन भएको जानकारी दिए।

उनले मन्त्रालयको निर्णय सार्वजनिक गर्दै भनेका छन्, ‘पशुपतिनाथ मन्दिर परिसरबाट भेटिघाटी संकलन हुने घ्याम्पो हराए पछि एक छानबिन समिति बनाइयो। सो समितिको प्रतिवेदनको आधारमा थप अनुसन्धान गर्नुपर्ने भएकोले गृह मन्त्रालयमार्फत नेपाल प्रहरीलाई पठाउने निर्णय भएको छ।’

त्यस्तै  मंगलबारको बैठकले यसवर्षको महाशिवरात्रीमा सञ्चालित मेलामा सम्झौता विपरीत भएका कामको छानबिन गर्दा घोटला भएको निष्कर्ष निकालेको पनि बताए। उनले यसबारे थप अनुसन्धान गरी कारबाहीको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउने निर्णय भएको जानकारी दिए।

प्रकाशित: २८ चैत २०७९ २०:१६ | Tuesday, April 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast