पवन कार्की नेतृत्वको अखिल क्रान्तिकारीले बुझायो शिक्षामन्त्रीलाई ज्ञापनपत्र

हिमाल प्रेस १४ वैशाख २०८० ६:५९ | Thursday, April 27, 2023
पवन कार्की नेतृत्वको अखिल क्रान्तिकारीले बुझायो शिक्षामन्त्रीलाई ज्ञापनपत्र

काठमाडौँ- नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीमा पवन कार्की नेतृत्वको समानान्तर कमिटीले सरकारलाई ३७ बुँदे ज्ञापनपत्र बुझाएको छ।

कार्की नेतृत्वको समानान्तर कमिटीले बुधबार शिक्षामन्त्री अशोककुमार राईलाई ३७ बुँदे ज्ञापनपत्र बुझाएको हो।

ज्ञापनपत्रमा विश्वविद्यालय, क्याम्पस र विद्यालयहरुमा हुने नियुक्तिहरुमा दलगत रुपमा हुने गरेको राजनैतिक भागवण्डाको खारेजी गरी खुल्ला प्रतिस्प्रधाद्वारा दक्ष र सक्षम जनशक्तिको नियुक्ती गर्नुपर्ने माग गरेका छन्।

शिक्षालाई काल्पनिक कोरा रटाइबाट अलग गरी विज्ञान र व्यवहारमा आधारित अनुसन्धानमुलक बनाउनुपर्न, संविधानमा ग्यारेण्टी गरिएको विद्यालय शिक्षा अनिवार्य र निशुल्क हुने व्यवस्थाको तत्काल कार्यान्वयन गर्नुपर्ने लगायतका माग राखिएका छन्।

 

प्रकाशित: १४ वैशाख २०८० ६:५९ | Thursday, April 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast