पत्रकार महासंघ कास्कीबाट चार पत्रकार पुरस्कृत

हिमाल प्रेस २९ चैत २०७९ १६:१५ | Wednesday, April 12, 2023
पत्रकार महासंघ कास्कीबाट चार पत्रकार पुरस्कृत

पोखरा- नेपाल पत्रकार महासंघ कास्कीले चार जना पत्रकारलाई पुरस्कृत गरेको छ। महासंघको ६८ औं स्थापना दिवस अवसरमा बुधबार आयोजित समारोहमा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनीहरूलाई पुरस्कृत गरेका हुन्।

पोखरा पत्रकारिता सम्मान २०७७ नवीन सिग्देल, संस्थागत सम्मान २०७८ लक्ष्मी हाउसलाई दिइएको हो। पुरस्कार राशि ३५ हजार र सम्मानपत्र छ। २ दशकदेखि पत्रकारितामा क्रियाशील पत्रकार सिग्देल हाल राष्ट्रन्युज अनलाइनमा आबद्ध छन्। पोखराको कुँडहर निवासी सिग्देल आदर्श समाज दैनिकका पूर्व कार्यकारी सम्पादक हुन्।

यस्तै, २० हजार राशिको टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार २०७८ भूपाल गुरुङ (कान्तिपुर टेलिभिजन) लाई तथा ११ हजार राशिको जगन्नाथ सिग्देल युवा प्रोत्साहन पत्रकारिता पुरस्कार २०७८ गौरव त्रिपाठी (सिटी वान टेलिभिजन) र २०७९ बाट दुर्गा राना (पब्लिक फोरके टेलिभिजन) लाई प्रदान गरिएको हो। संस्थागततर्फ पोखरा पत्रकारिता पुरस्कार लक्ष्मी हाउसलाई दिइएको छ।

नेपाल पत्रकार महासंघ कास्कीले पत्रकारितामार्फत समाज र महासंघको संस्थागत विकासमा योगदान पुर्‍याउने पत्रकार र संस्थालाई हरेक वर्ष विभिन्न नाममा पुरस्कृत गर्दै आएको शाखा अध्यक्ष विमला भण्डारीले जानकारी दिइन्।

प्रदेश प्रमुख गुरुङले राज्यको चौंथो अंग पत्रकारिता भएको उल्लेख गर्दै यसको महत्त्वमाथि प्रकाश पारे। उनले तिललाई पहाड र पहाडलाई तिल बनाउने काम सञ्चारजगतले गर्ने पनि बताए। उनले पत्रकारिताका नाममा विकृति भित्रिए यसले ठूलो असर पार्ने भन्दै सचेत समेत गराए।

पोखरा पत्रकारिता पुरस्कार छनोट समिति संयोजक प्रेस स्वतन्त्रता सेनानी बद्रीविनोद प्रतीक, टंकादेवी-तुलसीप्रसाद पत्रकारिता पुरस्कार छनोट समिति संयोजक दीपेन्द्र श्रेष्ठ, जगन्नाथ सिग्देल युवा प्रोत्साहन पत्रकारिता पुरस्कार संस्थापक तर्फबाट शोभाकान्त सिग्देलले पुरस्कार र सम्मानित पत्रकारको बारेमा बोलेका थिए। सम्मानित व्यक्तित्व नवीन सिग्देल, भूपाल गुरुङ, गौरव त्रिपाठी, दुर्गा रानाले पुरस्कारले ऊर्जा थपेको बताए।

नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य सरिता तिमिल्सिना पंगेनीले महासंघका गतिविधिबारे प्रकाश पारिन्। पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीले सम्मानलायक धेरै पत्रकार भएको उल्लेख गर्दै महासंघ आगामी दिनमा त्यस्ता प्रतिभाको पनि उचित कदर गर्ने प्रष्ट पारिन्।

प्रकाशित: २९ चैत २०७९ १६:१५ | Wednesday, April 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast