नेपाल लाइफको क्यासब्याक अफर

हिमाल प्रेस ८ वैशाख २०८० १६:०० | Friday, April 21, 2023
नेपाल लाइफको क्यासब्याक अफर

काठमाडौँ– नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २३औं वर्षमा प्रवेश गरेको अवसरमा क्यासब्याक अफर सार्वजनिक गरेको छ। यसअन्तर्गत वैशाख महिनाभर बिमा शुल्कको नवीकरण इसेवामार्फत भुक्तानी गर्ने ग्राहकले ५ प्रतिशत वा २३० रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्नेछन्।

कम्पनीले बिमाशुल्क नवीकरणका लागि इसेवा, खल्ती, फोनपे, कनेक्ट आइपीएस, आइएमई पे र प्रभ पेसँग सम्झौता गरेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले डिजिटल माध्यमबाट भुक्तानी गर्दा समयको बचत हुनुको साथ साथै कारोबार सुरक्षितसमेत हुने बताए।

प्रकाशित: ८ वैशाख २०८० १६:०० | Friday, April 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast