नेपाल प्रहरीका दुई डीआईजीको सरुवा

हिमाल प्रेस २८ चैत २०७९ १९:५९ | Tuesday, April 11, 2023
नेपाल प्रहरीका दुई डीआईजीको सरुवा

काठमाडौँ– नेपाल प्रहरीका दुई जना डीआईजीको सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले डीआईजीद्वय पोषराज पोखरेल र रामदत्त जोशीको सरुवा गरेको हो। सरुवा भएसँगै पोखरेल उपत्यका ट्राफिक कार्यालय पुगेका छन् भने जोशी विशेष ब्युरोमा पुगेका छन्।  पोखरेल नेपाल प्रहरीको प्रवक्तासमेत हुन्।

उपत्यका ट्राफिक कार्यालयमा कार्यरत डीआईजी मिरा चौधरी एआईजीमा बढुवा भएसँगै उनको ठाउँमा पोखरेललाई खटाइएको हो। त्यस्तै विशेष ब्युरोमा कार्यरत सुदीप गिरी पनि एआईजीमा बढुवा भएपछि जोशीलाई ब्युरोमा पठाइएको हो।
जोशी यसअघि योजना तथा अन्वेषण निर्देशनालयमा कार्यरत थिए।

प्रकाशित: २८ चैत २०७९ १९:५९ | Tuesday, April 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast