‘नेपाल डान्स फेस्ट’ हुँदै

हिमाल प्रेस १० वैशाख २०८० १२:३७ | Sunday, April 23, 2023
‘नेपाल डान्स फेस्ट’ हुँदै

काठमाडौँ- नेपालमा दुईदिने ‘नेपाल डान्स फेस्ट (एनडीएफ)’ हुने भएको छ।

इम्पल्स एकेडेमी अफ पर्फमिङ आर्टस र बेली डान्स नेपालको आयोजनामा न्युरोडको विशालबजारस्थित बेन्टो लाउन्ज एण्ड बारमा फेस्टिभल हुन लागेको हो।

आगामी वैशाख १६ गते नृत्य दिवसको अवसरमा दुईदिने फेस्टिभलको तयारी गरिएको आयोजकले जनाएको छ। फेस्टिभल वैशाख १५ र १६ गते हुनेछ।

आयोजकका अनुसार फेस्टिभलमा ३२ घण्टा वर्कसप, फरक शैलीका २५ भन्दा बढी डान्सका प्रस्तुति र विभिन्न शो हुनेछ। ‘आफ्टर पार्टी’ भने अन्तिम दिन क्लब प्लाटिनममा हुनेछ।

फेस्टिभलमा सहभागी हुन पाँच सयदेखि एक हजार सम्मका टिकटको व्यवस्था छ। नेपालका डान्स आर्टिस्टहरूलाई एकै ठाउँ जोड्न उक्त फेस्टिभलको आयोजना गरिएको आयोजकले जनाएको छ।

प्रकाशित: १० वैशाख २०८० १२:३७ | Sunday, April 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast