नेपाली समाजलाई कमजोर बनाउने षड्यन्त्र भइरहेको छ : शंकर पोखरेल

हिमाल प्रेस २७ चैत २०७९ १७:२९ | Monday, April 10, 2023
नेपाली समाजलाई कमजोर बनाउने षड्यन्त्र भइरहेको छ : शंकर पोखरेल एमाले महासचिव शंकर पोखरेल। फाइल तस्बिर

बाँके– नेकपा एमालेका महासचिव शंकर पोख्रेलले आगामी निर्वाचनमा नेकपा एमाले पहिलो शक्ति बन्ने दाबी गरेका छन्। पार्टीको युवा संगठन राष्ट्रिय युवा संघ नेपालको नवौँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै पोख्रेलले यस्तो बताएका हुन्।

‘अघिल्लो निर्वाचनमा सबै पार्टी एक्ला एक्लै निर्वाचनमा गएको भए कांग्रेस एमालेभन्दा पछि पर्थ्यो र एमालेले दोब्बर सिट ल्याएर सरकार बनाउथ्यो,’ उनले भने, ‘आगामी निर्वाचनमा एमाले पहिलो शक्ति बन्छ।’

अहिलेको सरकारले देशको आर्थिक विकासमा कुनै काम नगरेकाले आर्थिक अवस्था दयनीय बनेको उनले जिकिर गरे। ‘देश आर्थिक रूपमा संकटको डिलमा पुगेको छ। यो अवस्थामा देशलाई जोगाउन एमाले मात्रैले सक्छ,’ उनले भने।

उनले नेपाली समाजलाई कमजोर बनाउन विखण्डन गर्ने गरी नेपाली मौलिक संस्कृतिमाथि प्रहार र षड्यन्त्र भइरहेको उनले टिप्पणी गरे। अहिलेको सत्तागठबन्धनको आयु धेरै नभएको उनको भनाइ छ।

प्रकाशित: २७ चैत २०७९ १७:२९ | Monday, April 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast