नेपालकाे वैदेशिक व्यापार : ९ महिनामा पौने ११ खर्ब घाटा

हिमाल प्रेस ६ वैशाख २०८० १६:५५ | Wednesday, April 19, 2023
नेपालकाे वैदेशिक व्यापार : ९ महिनामा पौने ११ खर्ब घाटा

काठमाडौँ- ९ महिनामा नेपालको वैदेशिक व्यापार घाटा पौनै ११ खर्ब नाघेको छ। भन्सार विभागले बुधबार सार्वजनिक गरेको साउनदेखि चैतसम्मको व्यापार तथ्यांकअनुसार ९ महिनामा १० खर्ब ८३ र्ब २२ करोड ९० लाख रुपैयाँ पुगेको हो।

उक्त व्यापार घाटा गत वर्षको साेही  अवधिकाे तुलनामा १७ प्रतिशतले घटेको विभागले उल्लेख गरेको छ। विभागकाअनुसार चालू आर्थिक वर्ष २०८९/९०मा नेपालको वैदेशिक व्यापार १३ खर्ब १९ अर्ब ७८ करोड ८९ लाख ५३ हजार रुपैयाँ बराबरको भएको छ।

सो व्यापारमा आयात १२ खर्ब १ अर्ब ५० करोड ८९ लाख ९१ हजार रुपैयाँको भएको छ। त्यस्तै नेपालबाट १ खर्ब १८ अर्ब २७ करोड ९९ लाख ६२ हजार रुपैयाँ बराबरको निर्यात भएको भन्सारको तथ्यांक छ। विभागले गत आर्थिक वर्षको साउनदेखि चैतसम्मको तुलनामा नेपालको वैदेशिक व्यापारमा पनि गिरावट आएको छ।

गत आर्थिक वर्षको साउनदेखि चैतसम्म नेपालको वैदेशिक व्यापार १६ खर्ब २७ अर्ब २३ करोड ४९ लाख ११ हजार रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो।

सो तुलनामा चालु आर्थिक वर्षको सो अवधिमा १८.८९ प्रतिशत घटेको विभागले उल्लेख गरेको छ। गत वर्षको साउनदेखि चैतसम्मको तुलनामा नेपालको आयात १८.०८ प्रतिशतले घटेको र निर्यात २६.३४ प्रतिशतले घटेको विभागले उल्लेख गरेको छ।

प्रकाशित: ६ वैशाख २०८० १६:५५ | Wednesday, April 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast