 
                             
                                            काठमाडौँ– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीबीच एकता घोषणा गरिएको छ।
शनिबार लेनिन जन्मजयन्ती एवम् नेकपा स्थापना दिवसको अवसर पारेर दुई पार्टीबीच एकता घोषणा गरिएको हो। दुई पार्टीबीच सैद्धान्तिक र वैचारिक एजेन्डाहरू मिलेकाले पार्टी एकता गरिएको नेकपा महासचिव विप्लव र माओवादी समाजवादी अध्यक्ष बुढाथोकीद्वारा संयुक्त जारी गरिएको विज्ञप्तिमा उल्लेख छ।


                            प्रकाशित: ९ वैशाख  २०८० १६:१८ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 