काठमाडौँ- निर्देशक तथा अभिनेता निश्चल बस्नेतले फिल्म ‘दिमाग खराब’ निर्माणको घोषणा गरेका छन्। वर्षको अन्तिम दिन उनले सामाजिक सञ्जाल फेसबुकमार्फत नयाँ फिल्मको निर्देशनको घोषणा गरेका हुन्।
नयाँ वर्षको शुभकामना दिँदै उनले स्टाटसमार्फत फिल्म आगामी कात्तिक २४ गते प्रदर्शन हुने पनि बताएका छन्। उनका अनुसार फिल्म ‘जनता भर्सेस शक्ति’ को विषयवस्तुमा आधारित छ।
प्रकाशित: ३० चैत २०७९ १५:०५ | Thursday, April 13, 2023
प्रतिक्रिया



