निर्वाचनमा सहभागी भएकोमा कांग्रेसद्वारा कृतज्ञता व्यक्त

हिमाल प्रेस १० वैशाख २०८० १९:२१ | Sunday, April 23, 2023
निर्वाचनमा सहभागी भएकोमा कांग्रेसद्वारा कृतज्ञता व्यक्त

काठमाडौँ– आइतबार सम्पन्न भएको उपनिर्वाचनमा सहभागी भएकोमा नेपाली कांग्रेसले मतदालाई कृतज्ञता व्यक्त गरेको छ। सभापति शेरबहादुर देउवाले आइतबार साँझ एक विज्ञप्ति जारी गर्दै निर्वाचन सफल गराउन भूमिका खेलेकोमा कर्मचारी र सुरक्षा निकायलाई धन्यवाद दिँदै मतदातालाई कृतज्ञता व्यक्त गरेका हुन्।

उपनिर्वाचन शान्तिपूर्ण एवम् भयरहित वातावरणमा निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण रुपमा सम्पन्न भएकोमा नेपाली कांग्रेसका तर्फबाट सबैलाई धन्यवाद दिएको विज्ञप्तिमा उल्लेख छ।

‘प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ १, चितवन २ र बारा २ मा उत्साहपूर्ण रूपमा मतदान सम्पन्न भएको छ। मतदानमा भएको यो उत्साहपूर्ण सहभागिताले नेपाली नागरिकका मनमा रहेको लोकतन्त्रप्रतिको अगाध र अविचलित आस्था अभिव्यक्त भएको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘निर्वाचन सफल गराउन अहोरात्र खटिनु भएका राष्ट्रसेवक कर्मचारी र सुरक्षा निकायलाई धन्यवाद दिन चाहन्छु। साथै, निर्वाचनमा सहभागी राजनीतिक दल, सञ्चारकर्मी साथीहरू एवम् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूप्रति समेत हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछु।’

प्रकाशित: १० वैशाख २०८० १९:२१ | Sunday, April 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast