निर्देशिका परिमार्जको माग गर्दै व्यवसायीले एनओसी प्रमुखलाई बुझाए ज्ञापन पत्र

हिमाल प्रेस ४ वैशाख २०८० १८:१४ | Monday, April 17, 2023
निर्देशिका परिमार्जको माग गर्दै व्यवसायीले एनओसी प्रमुखलाई बुझाए ज्ञापन पत्र

काठमाडौँ– नेकपा माओवादी केन्द्र शैक्षिक परामर्श शाखा कमिटिले ‘विदेश अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका २०७९’ परिमार्जन गर्न माग गरेका छन्। व्यवसायीले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय एनओसी शाखा प्रमुख वासुदेव वस्तीलाई ज्ञापन पत्र बुझाउँदै निर्देशिका परिमार्जन गर्न ध्यानाकर्षण गराएका हुन्।

सरकारले जारी गरेको निर्देशिका अव्यवहारिक भएको, विदेश अध्ययनमा जान चाहने विद्यार्थीलाई निषेध गर्न खोजिएको भन्दै उनीहरूले निर्देशिकामा भएको व्यवस्था परिमार्जन गर्न माग गरेका छन्। कमिटिका अध्यक्ष युवराज कटुवालले निर्देशिका परिमार्जन गर्नुको विकल्प नभएको बताए।

निर्देशिकाले विद्यालयतहमा अध्ययन गर्न जान चाहने तथा भाषा अध्ययनलाई आधार बनाएर उच्च शिक्षा प्राप्त गर्ने कार्यक्रमहरूमा नो अब्जेक्सन लेटर (एनओसी) जारी नगर्ने विषय अव्यवहारिक भएको भन्दै परामर्श व्यवसायीले निर्देशिका परिमार्जको माग गरेका छन्।

प्रकाशित: ४ वैशाख २०८० १८:१४ | Monday, April 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast