नर्भिकमा आईभीएफमार्फत ५२ वर्षीया महिलाले जुम्ल्याहा जन्माइन्

हिमाल प्रेस १७ वैशाख २०८० २०:२२ | Sunday, April 30, 2023
नर्भिकमा आईभीएफमार्फत ५२ वर्षीया महिलाले जुम्ल्याहा जन्माइन्

काठमाडौँ- महिनावारी सुकेको ५ वर्षपछि काठमाडौँकी एक महिलाले आईभीएफ प्रविधिबाट जुम्ल्याह सन्तान जन्माएकी छिन्। थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलको आईभीएफ सेन्टरमा ५२ वर्षीया महिलाले आईभीएफ प्रविधिमार्फत एकै पटक दुई बच्चा जन्माएकी हुन्।

बढ्दो उमेर समूहमा जोखिम बढी हुनसक्ने अवस्थालाई दृष्टिगत गर्दै गर्भाअवस्थादेखि नै उच्च निगरानीमा राखेर ती महिलाकाे उपचार गरिएको नर्भिक हस्पिटलले जानकारी दिएको छ।

शल्यक्रियामार्फत जन्मिएका दुवै सन्तान र आमाको स्वास्थ्य अवस्था राम्रो रहेको नर्भिककी वरिष्ठ टेस्टट्यूव बेबी विशेषज्ञ डा. नूतन शर्माले बताइन्। सामान्यतः बढ्दो उमेर समूहका महिलामा गर्भाधारण गर्ने र सन्तान जन्माउन सक्ने अवस्थालाई जटिल रूपमा हेर्ने गरिन्छ।

यसअघि नर्भिकमै ५५ वर्षीया महिलाले आईभीएफ प्रविधिमार्फत सन्तान पाएकी थिइन्। अस्पतालका अनुसार पछिल्लो ६ महिनामा नर्भिकमा आईभीएफमार्फत गर्भाधारण गरिएका ६१ जना महिला ४६ देखि ५५ वर्ष उमेर समूहका रहेका छन्।

प्रकाशित: १७ वैशाख २०८० २०:२२ | Sunday, April 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast