नयाँ वैकल्पिक शक्ति निर्माणमा सहकार्य गर्न बाबुरामको आह्वान

हिमाल प्रेस १३ वैशाख २०८० ७:४९ | Wednesday, April 26, 2023
नयाँ वैकल्पिक शक्ति निर्माणमा सहकार्य गर्न बाबुरामको आह्वान फाइल तस्बिर

काठमाडौँ- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ वैकल्पिक शक्ति निर्माणमा सहकार्य गर्न आह्वान गरेका छन्।

उपनिर्वाचनको मतपरिणाम आएसँगै भट्टराईले सामाजिक सञ्जालमार्फत परम्परागत राजनीतिक दल छाडेर वैकल्पिक शक्ति निर्माणमा लाग्नुपर्ने संकेत गरेका हुन्।

‘एक दशकदेखि देशमा नयॉ शक्ति/वैकल्पिक शक्तिको पैरवीकर्ताको नाताले पछिल्लो चरणमा रास्वपा,जनमत,नागरिक उन्मुक्ति लगायतका नयॉ पार्टीहरूको उदय सकारात्मक ठान्दछु।’

उनले भने, ‘सबैले एकअर्काका अनुभवबाट सिकौं। देशको अर्थ/राजनीति र भूराजनीतिको विशिष्ठता अनुकूल नयॉ वैकल्पिक शक्ति निर्माणमा सहकार्य गरौं?’

भट्टराईले कुनै समय वैकल्पिक शक्ति निर्माणका लागि भन्दै माओवादी परित्याग गरे। नयाँ शक्ति नामक दल स्थापना गरे। तर वैकल्पिक शक्ति भनिएको नयाँ दललाई अघि बढाउन उनले नसकेपछि अन्य दलसँग पार्टी एकता गर्न पुगे।

उनी अहिले माओवादी केन्द्रसँगै मिसिने तयारीमा छन्। तर परम्परागत दल नभई नयाँ र वैकिल्पक शक्ति निर्माण लाग्नुपर्ने उनको जोड छ।

प्रकाशित: १३ वैशाख २०८० ७:४९ | Wednesday, April 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast