प्रतिनिधिमूलक तस्बिर
काठमाडौँ- नयाँ वर्ष मनाउन गएका एक युवाको भुत खोलामा डुबेर मृत्यु भएको छ। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-१ बेलहियाका ३० वर्षीय शिभव जैसवालको पाल्पाको भूत खोलामा डुबेर मृत्यु भएको हो।
घुम्न शुक्रबार बिहान पाल्पाको तिनाउ गाउँपालिका-३ झुम्सास्थित भुतखोलामा पुगेका थिए। ढुंगामा चिप्लिएर पोखरीमा खसेका उनलाई तत्कालै उद्धार गरेर बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको बताएको छ।
प्रकाशित: १ वैशाख २०८० १५:०३ | Friday, April 14, 2023
प्रतिक्रिया





