नयाँ वर्षमा शुभकामना दिँदै ओलीले भने : राष्ट्रिय हितमाथि गम्भीर प्रहार भइरहेको छ

हिमाल प्रेस १ वैशाख २०८० ९:२० | Friday, April 14, 2023
नयाँ वर्षमा शुभकामना दिँदै ओलीले भने : राष्ट्रिय हितमाथि गम्भीर प्रहार भइरहेको छ

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बितेको वर्ष सुखद हुन नसकेको बताएका छ।

नयाँ वर्ष २०८० को शुभकामना दिँदै अध्यक्ष ओलीले राजनीतिक स्थिरताको दृष्टिकोणले बितेको वर्ष सुखद हुन नसकेको बताएका हुन्।

एमालेले सरकार छोडेपछि राष्ट्रहित संरक्षण, सुशासन, विकास र समृद्धिको यात्रा अवरुद्ध भएको भन्दै ओलीले विकास र समृद्धिको यात्रा अघि बढाउने प्रयास गरे पनि अवसरवादी चरित्रका कारण उक्त प्रयास सफल नभएको ओलीको दाबी छ।

उनले मुलुकमा निर्माणको प्राथमिकताबाट विमुख, भ्रष्टाचार, कुशासन, विसंगति, बेथिति र अस्थिरताका पुराना दुःषित खेलको पुनरावृत्ति भएको टिप्पणी गरे।

अध्यक्ष ओलीले राष्ट्रिय हितलाई तिलाञ्जली दिँदै क्षणिक र निजी स्वार्थ आधारित कूटनीतिक चरित्रका कारण राष्ट्रिय हितमाथि गम्भीर प्रहार भइरहेको उल्लेख गरेका छन्।

आफूले सुरु गरेको विकासको राष्ट्रिय बहस सेलाएको र त्यसको ठाउँमा सत्ताशक्तिको अनुचित भागबण्डा, लेनदेन र राज्य स्रोतको दोहन मौलाएको उनले उल्लेख गरेका छन्।

प्रकाशित: १ वैशाख २०८० ९:२० | Friday, April 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast