नयाँ वर्षमा दराजमार्फत खरिद गर्दा छुट

हिमाल प्रेस २९ चैत २०७९ १६:१७ | Wednesday, April 12, 2023
नयाँ वर्षमा दराजमार्फत खरिद गर्दा छुट

काठमाडौँ- अनलाइन सपिङ प्लेटफर्म दराजले नयाँ वर्ष २०८०को अवसरमा अफर सार्वजनिक गरेको छ। ‘किनौ सबै दराजमा’ नारासहित अफर सार्वजनिक गरिएको कम्पनीले जानकारी दिएको छ।

दराज नेपालका प्रबन्ध निर्देशक आँचल कुँवरले दराज नेपालले गुणस्तरीय वस्तु मात्रै नभई ग्राहकको सेवालाई समेत प्राथमिकतामा राखेर अफर सार्वजनिक गरिएको जानकारी दिइन्।

ग्राहकको सेवालाई दृष्टिगत गर्दै विभिन्न विक्रेता र पेमेन्ट पार्टनरसँग सहकार्य गरिएको दराज नेपालले बताएको छ। कम्पनीकाअनुसार मेगा डिल अफरमा ७० प्रतिशतसम्म छुट, मेगा भाउचरमा ५ हजार रुपैयाँसम्म छुट र प्रि–पेमेन्टमा १ हजार रुपैयाँसम्म छुट पाइनेछन्।

त्यस्तै नबिल बैंक, ग्लोबल आइएमई बैंक, एन आई सि एशिया बैंक, सानिमा बैंक, नेपाल बैंक, प्रभु बैंक, नेपाल एस बि आइ बैंकको कार्ड भएका ग्राहकले प्रि–पेमेन्ट गर्दा २० प्रतिशत वा १ हजार रुपैयाँसम्म छुट हुनेछ।

प्रकाशित: २९ चैत २०७९ १६:१७ | Wednesday, April 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast