 
                             
                                            काठमाडौँ- चन्द्रागिरी हिल्स लिमिटेडले नयाँवर्ष २०८० को अवसरमा छुट योजना सार्वजनिक गरेको छ। कम्पनीले आफ्ना सेयरधनीहरूलाई केवलकारको टिकट, साहसिक गतिविधिलगायतमा लाग्ने शुल्कमा २५ प्रतिशतसम्म छुट दिने योजना सार्वजनिक गरेको हो।
योजनाअन्तर्गत चन्द्रागिरि हिल्सका सेयरधनीले जिपलाइन, स्काई साइक्लिङ, स्वीङ, वाल क्लाइम्बिङ, फ्री फल जम्प, स्काई वाक, तथा रिसोर्टमा आयोजना हुने समारोहरूमा लाग्ने शुल्कमा २५ प्रतिशतसम्म छुट दिइने कम्पनीले जानकारी दिएको छ।
छुट सुविधा लिन सेयरधनीहरूले आफ्नो सेयर प्रमाणपत्र वा डिम्याट खाताको विवरण टिकट काउन्टरमा पेस गर्नुपर्नेछ। उक्त योजना एक वर्षको लागि लागू हुने कम्पनीको भनाइ छ।
                            प्रकाशित: २३ चैत  २०७९ १८:५७ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 