नबिल बैंकका शाखामा महिला उद्यमीलाई स्टल उपलब्ध गराइने

हिमाल प्रेस ३ वैशाख २०८० २०:०८ | Sunday, April 16, 2023
नबिल बैंकका शाखामा महिला उद्यमीलाई स्टल उपलब्ध गराइने

काठमाडौँ- नबिल बैंकले आफ्ना शाखाहरूमा महिला उद्यमीका उत्पादनका लागि स्टल उपलब्ध गराउने भएको छ। महिला उद्यमी सशक्तीकरण र नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले महिलाका उत्पादनलाई स्टल उपलब्ध गराउने भएको हो।

महिला उद्यमीको वित्तीय पहुँच विस्तारमा सहयोग गर्ने उद्देश्य समेत लिएर बैंक र महिला उद्यमी महासंघ (एफविन)बीच सम्झौता गरिएको छ। सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र एफविनका अध्यक्ष निरु रायमाझी खत्रीले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार एफविनअन्तर्गतका महिला उद्यमीलाई नबिल बैंकको नबिल स्कुल अफ सामाजिक उद्यमशीलता (एनएसएसई) कार्यक्रमसम्बन्धी जानकारी तथा तालिममा सहभागी गराउनेछ।

पहिलो चरणमा एफविनले महिनामा एकपटक नबिल बैंकमा स्टल लगाउने छ। स्टलमा नेपाली उद्यमीद्वारा उत्पादित उत्पादनहरू हुनेछन्।

प्रकाशित: ३ वैशाख २०८० २०:०८ | Sunday, April 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast