नदीमा करेन्ट लगाएर माछा मार्ने चार जना पक्राउ

हिमाल प्रेस ७ वैशाख २०८० १२:१९ | Thursday, April 20, 2023
नदीमा करेन्ट लगाएर माछा मार्ने चार जना पक्राउ सांकेतिक तस्बिर।

गोरखा- नदीमा करेन्ट लगाएर माछा मार्ने चार जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ। स्थानीय तहसँग समन्वय गरी जिल्ला प्रहरी कार्यालयका प्रहरीले गस्ती गर्ने क्रममा सिरानचोक गाउँपालिका–७ स्थित दरौदी नदीमा करेन्ट लगाएर माछा मारिरहेका बेला उनीहरूलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए।

पक्राउ पर्नेमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-२ घर भएका २८ वर्षका लीलामान कुमाल, २६ वर्षका सरोज कुमाल, राहुल कुमाल र रचिन कुमाल रहेको उनले बताए। सिरानचोक गाउँपालिका–७ मा पर्ने ओडारेस्थित दरौँदी नदीमा राति १स्३० बजे ब्याट्रीमार्फत करेन्ट प्रवाह गरी माछा मार्दै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको उनले बताए।

पक्राउ परेकाको साथबाट करेन्ट प्रवाह गरी माछा मार्न प्रयोग गरिएको १२ भोल्टको ब्याट्री, करेन्ट प्रवाह गर्ने भाटा, माछा थाप्न बनाइएको जाली र माछा राख्न बनाइएको फुर्लुङसमेत बरामद गरिएको उपरीक्षक लामिछानेले बताए। नदीमा करेन्ट प्रवाह गरी माछा मार्ने क्रम बढ्दै गएपछि प्रहरीले यस्ता कार्य रोकथाम र नियन्त्रणका लागि पहल सुरु गरेको हो।

प्रकाशित: ७ वैशाख २०८० १२:१९ | Thursday, April 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast