 
                             
                                            भक्तपुर– भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने ऐतिहासिक बिस्केट जात्राका लागि रथ निर्माण अन्तिम चरणमा पुगेको छ। प्रसिद्ध पाँचतले मन्दिर टौमढी अगाडि राखेर बनाइएको भैरवनाथको रथ तान्ने क्रमसँंगै जात्रा सुरु हुनेछ।
विक्रम संवत्को नयाँ वर्षमा भक्तपुरवासीले नौ दिन आठ रातसम्म परम्परागत तान्त्रिक विधिअनुसार मनाउने बिस्केटजात्रा यस वर्ष चैत २७ गतेदेखि सुरु हुँदैछ।
प्यागोडा शैलीमा बनाइएको तीनतले भैरवनाथको रथ तान्ने क्रमसँंगै जात्रा प्रारम्भ हुने प्रचलन छ। जात्रा वैशाख ५ गते पाँंचतले मन्दिरअगाडि रहेको भैरवनाथको रथलाई तानेर सम्पन्न हुन्छ।
बिस्केट जात्राको मुख्य आकर्षण ५५ हात लामो लिंगो उठाउनु, ढाल्नु र रथ तान्नु हो। यस अवसरमा मध्यपुर थिमिमा सिन्दूरे जात्रा र जिब्रो छेड्ने जात्रा मनाइन्छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 