द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवारद्वारा काठमाडौँमा धर्ना

हिमाल प्रेस २७ चैत २०७९ १६:०९ | Monday, April 10, 2023
द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवारद्वारा काठमाडौँमा धर्ना फाइल तस्बिर

काठमाडौँ- सशस्त्र द्वन्द्वका कारण पीडित सुरक्षाकर्मीका परिवारले काठमाडौँमा धर्ना दिएका छन्। पीडकलाई उन्मुक्ति दिने गरी विधेयक ल्याउन लाइएको आरोप लगाउँदै द्वन्द्वपीडित सुरक्षाकर्मी परिवार संस्थाले सोमबार काठमाडौँको नयाँ बानेश्वरमा धर्ना दिएका हुन्।

उनीहरूले सशस्त्र युद्धका बेला ज्यान गुमाएका र अंगभंग भएका व्यक्तिका परिवारलाई क्षतिपूर्तिको माग गर्नुका साथै पीडकलाई उचित सजायको व्यवस्था गर्न माग गरेका छन्। यसअघि पनि द्वन्द्वमा बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनले आफूहरुमाथि विभेद गरेको उनीहरूको आरोप छ।

प्रकाशित: २७ चैत २०७९ १६:०९ | Monday, April 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast