 फाइल तस्बिर।
                             फाइल तस्बिर।
                                            काठमाडौँ– सभामुख देवराज घिमिरेले पर्वहरूले विभिन्न समुदायबीच सहिष्णुता प्रदान गर्ने बताएका छन्। बिहीबार काठमाडौँमा आयोजित रमजान (रोजा) समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
एक समुदायले अर्को समुदायलाई आफ्ना चाडपर्वहरूमा आमन्त्रण गर्दा आपसी सद्भाव, सहयोग, समझदारी र धार्मिक सहिष्णुता आदान प्रदान हुने उनको भनाइ छ। देश निर्माणका लागि मुस्लिम समुदायले नेपालमा लामो समयदेखि महत्त्वपूर्ण भुमिका खेल्दै आएको पनि उनले उल्लेख गरे।
‘मुस्लिम समुदायले देश बनाउनका लागि लामो समयदेखि ठूलो योगदान गर्दै आएको छ। हाम्रा हिन्दू धर्मावलम्बीहरूको दसैं, मुस्लिमहरूको इद एक आपसमा मिलेर मनाउने गरिएको छ। यसले एक अर्काको सद्भावलाई बढाएको छ। यो पर्वले हाम्रो सद्भाव, सहयोग, समझदारी र धार्मिक सहिष्णुता प्रदान गर्नेछ,’ उनले भने।
सभामुख घिमिरेले इस्लाम धर्मावलम्वीहरूका लागि रमजान पर्व हिन्दूहरूको दसैंजस्तै भएको बताए।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 