 फाइल तस्बिर/ रासस
                             फाइल तस्बिर/ रासस
                                            दार्चुला- दार्चुलामा तुइनबाट खसेर एक जना पुरुष महाकाली नदीमा बेपत्ता भएका छन्। दार्चुलाको ब्याँस गाउँपालिका–२ दुम्लिङका ४५ वर्षीय सिङ्दलसिंह भण्डारी शनिबार दिउँसो तुइनबाट खसेर तल्लो दुम्लिङस्थित महाकाली नदीमा बेपत्ता भएका हुन्।
ब्याँस गाउँपालिका–२ का वडाध्यक्ष धीरनसिंह बुढाथोकीले भण्डारी बेपत्ता भएको जानकारी दिए। घरबाट भारत जाने क्रममा तुइनको सहारामा महाकाली नदी पार गर्न खोज्दा उक्त घटना भएको वडाध्यक्ष बुढाथोकीले बताए। दिउँसो साढे १ बजेतिर भण्डारी नदीमा खसेको उनको भनाइ थियो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले तुइनबाट खसेर भण्डारी बेपत्ता भएको खबर प्राप्त भएको बताए। ‘दुम्लिङबाट प्रहरी टोली घट्नास्थलमा गएको छ,’ उनले भने, ‘खोजी कार्य जारी छ।’ रासस
                            प्रकाशित: ९ वैशाख  २०८० १६:१३ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 