तुइनबाट खसेर बेपत्ता भएका भण्डारीको शव भेटियो

हिमाल प्रेस ९ वैशाख २०८० १८:२२ | Saturday, April 22, 2023
तुइनबाट खसेर बेपत्ता भएका भण्डारीको शव भेटियो फाइल तस्बिर/ रासस

दार्चुला- तुइनबाट खसेर दार्चुलास्थित महाकाली नदीमा बेपत्ता भएका सिङ्दलसिंह भण्डारीको शव फेला परेको छ। शनिबार दिउँसो बेपत्ता भएका ४५ वर्षीय भण्डारीको शव महाकाली नदी पारी भारततर्फ फेला परेको हो।

महाकाली पारी भारततर्फ रहेकी आमा जसोदा भण्डारीलाई लिन सिङ्दलसिंह तुइन चढेर भारततर्फ जाँदै थिए। उनकी आमा सामान लिएर भारतीय सडक प्रयोग गर्दै घर फर्किँदै थिइन्।

उनी सामान किनमेल गरी दार्चुला सदरमुकाम खलंगाबाट भारतीय भू–भाग धारचुला हुँदै घर फर्किँदै गरेको ब्याँस गाउपालिका–२ का वडाध्यक्ष धीरनसिंह बुढाथोकीले बताए। नेपालतर्फ सडक सुविधा नहुँदा जसोदा भारतीय सडक प्रयोग गर्दै घर फर्किँदै थिइन्। ‘जसोदाले समान लिन तुइन चढेर भारततर्फ आउन छोरा सिङ्दलसिंहलाई बोलाएकी जानकारीमा आएको छ,’ बुढाथोकीले भने, ‘तुइन प्रयोग गर्ने क्रममा उनी महाकालीमा बगेको आशंका गरिएको छ।’

सिङ्दलसिंहको शव भारतीय भू–भागमा फेला परेकाले भारतीय सीमा सुरक्षा बलले कानुनी प्रक्रिया पूरा गरेर मात्र नेपालको जिम्मा लगाउने बताएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताए।

मृतक भण्डारीका घरमा दुई छोरा र एक छोरी छन्। उनकी श्रीमतीको भने चार वर्ष अघि निधन भएको थियो। रासस

दार्चुलामा तुइनबाट खसेर १ जना बेपत्ता

प्रकाशित: ९ वैशाख २०८० १८:२२ | Saturday, April 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast