तस्बिरमा उद्योग वाणिज्य महासंघको निर्वाचन

दिपेश श्रेष्ठ २९ चैत २०७९ ११:४३ | Wednesday, April 12, 2023
तस्बिरमा उद्योग वाणिज्य महासंघको निर्वाचन

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयन गर्न आज (बुधबार) निर्वाचन हुँदैछ। काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भइरहेको निर्वाचनमा अहिले मतदान भइरहेको छ।

महासंघको कार्यसमिति सदस्यमा चार जना सर्वसम्मत निर्वाचित भइसकेकाले अब एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ५९ जना कार्यसमिति सदस्य चयन गर्न मतदान भइरहेको हो।

महासंघको विधानअनुसार हाल वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल ३० चैतदेखि स्वतः महासंघको अध्यक्ष बन्नेछन्।

अर्को कार्यकालमा महासंघको नेतृत्व लिने वरिष्ठ उपाध्यक्षमा तीन जना प्यानलसहित प्रतिस्पर्धामा छन्। पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठ, हालका एसोसिएट्स र वस्तुगत उपाध्यक्षद्वय रामचन्द्र संघाइ र अञ्जन श्रेष्ठ प्यानलसहित वरिष्ठ उपाध्यक्षको प्रतिस्पर्धामा उत्रिएका छन्।

प्रकाशित: २९ चैत २०७९ ११:४३ | Wednesday, April 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast