तनहुँ-१ मा स्वर्णिम वाग्ले भारी मतान्तरले विजयी

हिमाल प्रेस १२ वैशाख २०८० ६:५८ | Tuesday, April 25, 2023
तनहुँ-१ मा स्वर्णिम वाग्ले भारी मतान्तरले विजयी

काठमाडौँ- प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. स्वर्णिम वाग्ले भारी मतले विजयी भएका छन्।

निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईभन्दा १४ हजार ७ सयभन्दा बढी मत ल्याएर उनी विजयी भएका हुन्।

वाग्लेले ३४ हजार ९१८ पाउँदा भट्टराईले २० हजार १२२ मत पाएका छन्। वाग्लेले भट्टराईभन्दा १४ हजार ७९६ मत बढी ल्याएका छन्।

नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल ८ हजार ४८८ मत पाउँदै तेस्रो भए। राप्रपाकी शोभा गुरुङले २१८ र मंगोल नेशनल अर्गनाइजेसनका प्रेमबहादुर थापाले १६६ मत पाएका छन्।

प्रकाशित: १२ वैशाख २०८० ६:५८ | Tuesday, April 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast