 
                             
                                            काठमाडौँ- तनहुँ-१ मा आज भएको उपनिर्वाचनमा ५१ प्रतिशत मत खसेको छ। मुख्यनिर्वाचन अधिकृतको कार्यालयका अनुसार ५१.७० मत खसेको हो। यहाँ १ लाख २३ हजार ३ सय ५ जना मतदातामध्ये ६३ हजार ७ सय ५७ जनाले मात्रै मत खसाले। यो जम्मा मतदाताको ५१.७० प्रतिशत हुन्छ।
मंसिर ४ को निर्वाचन तनहुँबाट निर्वाचित कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि यहाँ उपनिर्वाचन भएको हो।
                            प्रकाशित: १० वैशाख  २०८० १८:२१ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 