तनहुँमा कांग्रेस उम्मेदवारलाई मत माग्न जाँदै सत्ता गठबन्धनका शीर्ष नेता

हिमाल प्रेस ६ वैशाख २०८० ६:५९ | Wednesday, April 19, 2023
तनहुँमा कांग्रेस उम्मेदवारलाई मत माग्न जाँदै सत्ता गठबन्धनका शीर्ष नेता

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सत्तारुढ गठबन्धनका नेता आज तनहुँ जाँदैछन्।

तनहुँ– १ मा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई भोट माग्न सत्ता गठबन्धनका शीर्ष नेता तनहुँ जान लागेका हुन्।

आगामी बैशाख १० गते हुने उपनिर्वाचनमा गठबन्धनका साझा उम्मेदवार भट्टराईलाई भोट माग्न सत्ता गठबन्धनका शीर्ष नेताहरु आज तनहुँ जान लागेका हुन्।

उनका अनुसार प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले तनहुँको डुम्रेबजारमा आज दिउँसो २ बजे हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

 

प्रकाशित: ६ वैशाख २०८० ६:५९ | Wednesday, April 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast