ढाकाकुमार प्रकरणबारे रास्वपाका प्रमुख सचेतकले संसद्‌‌मा माफी मागे

हिमाल प्रेस २७ चैत २०७९ १३:४२ | Monday, April 10, 2023
ढाकाकुमार प्रकरणबारे रास्वपाका प्रमुख सचेतकले संसद्‌‌मा माफी मागे

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सांसद ढाकाकुमार श्रेष्ठका कारण संसदीय गरिमामा असर गरेको भन्दै उक्त पार्टीका प्रमुख सचेतक सन्तोष परियारले माफी मागेका छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनले आफ्नो पार्टीका सांसद श्रेष्ठसँग भएको अडियो रेकर्ड सार्वजनिक भएपछि माफी मागेका हुन्।

‘ढाकाकुमार श्रेष्ठको विषय गम्भीर रुपमा लिएको अडियो रेकर्ड सार्वजनिक भएसँगै पार्टिले अनुशासन समितिलाई निर्देशन दिएको छ। छानबिन नभएसम्म सांसद र साधारण सदस्यको हैसियतमा कुनै काम नगर्न निर्देशन दिएको छ,’ उनले भने, ‘
हाम्रो पार्टी लोकतन्त्र, संविधानवादलाई मान्ने पार्टी हो। यो घटना समान्य होइन। विगतमा भएका यस्ता घटना पनि निष्पक्ष छानबिन होस् भन्न चाहन्छु। प्रतिनिधिसभा सदस्य मुछिएको भनिएको घटनाले संसद्‌को मानमर्दनमा असर गरेकोप्रति क्षमा चाहन्छु।’

प्रकाशित: २७ चैत २०७९ १३:४२ | Monday, April 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast