ट्रेन्डिङमा अल्लु अर्जुन अभिनीत ‘पुष्पा : द रुल’ को टिजर

हिमाल प्रेस २७ चैत २०७९ १३:०६ | Monday, April 10, 2023
ट्रेन्डिङमा अल्लु अर्जुन अभिनीत ‘पुष्पा : द रुल’ को टिजर

काठमाडौँ- दक्षिण भारतीय फिल्म ‘पुष्पा : द रुल’को टिजर युट्युबमा ट्रेन्डिङमा छ। फिल्ममा मुख्य भूमिकामा रहेका अभिनेता अल्लु अर्जुनका जन्मदिनको अवसरमा सार्वजनिक गरिएको टिजर सवा तीन मिनेट लामो छ। जसमा निर्माण पक्षले फिल्मको कथा देखाएको छ तर पात्रहरूलाई भने देखाएको छैन।

टिजरमा पुष्पा अर्थात् अल्लु अर्जुन तिरुपति जेलबाट भागेका छन्। उनलाई आठ वटा गोली लागेको छ। उनी घाइते छन्। पुष्पाबारे कुनै जानकारी नभएपछि उनका समर्थक शहरमा विरोध प्रदर्शन गरिरहेका छन्। टिजरको अन्त्यमा जंगलमा बाघको गतिविधि कैद गर्न जडान गरिएको सीसीटीभी क्यामरामा पुष्पा पनि कैद भएको देखाइएको छ।

भारतमा फिल्म डिसेम्बर २०२१ मा प्रदर्शनमा आएको ‘पुष्पा : द राइज’को दोस्रो भाग हो, ‘पुष्पा :द रुल’। यो बहुप्रतीक्षित फिल्म हो। पहिलो भाग ‘पुष्पा : द राइज’ ब्लकबस्टर भएको थियो। दक्षिणमा मात्र नभई उत्तर भारतका दर्शकले पनि फिल्म खूब मन पराएका थिए।

फिल्ममा साउथका सुपरस्टार अल्लु अर्जुन मुख्य भूमिकामा छन्। फिल्मसँगै उनको लोकप्रियता पनि चुलियो। फिल्ममा अल्लु अर्जुनबाहेक रश्मिका मन्दाना, फहद फासिललगायत कलाकारको अभिनय छ।

प्रकाशित: २७ चैत २०७९ १३:०६ | Monday, April 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast