टेकोमा अडेका घर [फोटो फिचर]

हिमाल प्रेस १२ वैशाख २०८० १६:१६ | Tuesday, April 25, 2023
टेकोमा अडेका घर [फोटो फिचर]

लड्न लागेका वस्तुलाई केही समय अड्याउन टेको लगाइन्छ। त्यसले केही दिन त धान्ला। लामो समय धान्दैन। तर काठमाडौँ उपत्यकाको अधिकांश पुराना बस्तीका गल्लीगल्लीमा टेकोले धानेका घर प्रशस्तै देख्न पाइन्छ।

२०७२ सालको महाभूकम्पले क्षति पुर्‍याएका ती घरको अझै मर्मतसम्भार हुन सकेको छैन। यस्ता घरको कहालीलाग्दो दृश्य हेर्न अन्त जानै पर्दैन। न्युरोड, वसन्तपुर, ललितपुरको पाटन, भक्तपुरका विभिन्न क्षेत्रमा यस्ता घर टन्नै पाइन्छन्।

अचम्मको कुरा, यस्ता जोखिमयुक्त घरमा बस्ने मानिसको जमात कम छैन। काठ वा फलामको टेकोले अड्याइएको धराप घरमा बस्नेहरु यो क्षेत्रमा छ्याप्छ्याप्ती छन्। कोहीले यही घरमा बसेर भविष्यका सपना देखेका छन् भने कतिले व्यापारिक केन्द्र बनाएका छन्। कुरा यत्ति हो, कोठाभाडामा बस्ने २४ घण्टा नै जोखिम मोल्छन् र व्यापार गर्नेले १२ घण्टा। प्रस्तुत छ, टेकोले अड्याइएका काठमाडौँका बस्तीका घरका तस्बिरहरू :

न्युज एजेन्सी नेपाल

प्रकाशित: १२ वैशाख २०८० १६:१६ | Tuesday, April 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast